पहिलो एकदिवसीय क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ९ रनले पराजित

  • कालिका खवर
  • शुक्रबार, अशोज २१, २०७९
  • घरेलु टोली भारतले पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकासँग हार व्यहोरेको छ । लखनउमा भएको खेल वर्षाको कारण ४० ओभरमा झारिएको थियो ।

    पहिलो खेलमा भारतलाई दक्षिण अफ्रिकाले ९ रनले हरायो । जितसँगै तीन खेलको श्रृंखलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ ।

    दक्षिण अफ्रिकाले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको भारतले ४० ओभरमा ८ विकेट गुमाएर २ सय ४० रन मात्र बनाउन सक्यो ।

    भारतका लागि सन्जु सामसन र श्रेयस आयरले अर्धशतकीय पारी खेलेपनि टोलीलाई जिताउन सकेनन् । सामसनले अविजित ८६ रन तथा श्रेयसले ५० रनको अर्धशतकिय पारी खेले ।

    दक्षिण अफ्रिका लुंगी एनजीडीले ३ तथा कागिसो राबडाले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४० ओभरमा ४ विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो ।

    दक्षिण अफ्रिकाका डेभिड मिलरले अविजित ७५ रन तथा हेन्रिच क्लासेनले अविजित ७४ रनको अर्धशतकिय पारी खेले । त्यस्तै क्विन्टन डी ककले ४८ रन जोडे ।

    भारतका सार्दुल ठाकुरले २ विकेट लिए । भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो एकदिवसीय आइतवार तथा अन्तिम खेल मंगलवार हुनेछ । यसअघि भएको टी–२० श्रृंखला भारतले जितेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs