झरना थापाको फिल्म ‘भगवत् गीता’ विरुद्ध बोर्डमा उजुरी

  • कालिका खवर
  • बुधबार, अशोज २६, २०७९
  • झरना थापाको निर्देशनमा बन्ने फिल्म ‘भगवत् गीता’ विरुद्ध उजुरी परेको छ।

    फिल्मको नामलाई लिएर हिन्दु जागरण नेपालले चलचित्र विकास बोर्डमा उजुरी हालेको हो।

    बुधबार बोर्डमा बुझाएको उजुरी पत्रमा अन्तरजातीय प्रेमकथामा श्रीमद्भागवद गीता जस्तो पवित्र नाममाथि फिल्म निर्माण हुनु अनुचित रहेको बताइएको छ।

    ‘झरना थापाज्युले भगवत् गीता नाम राखेर जसमा अन्तरजातीय प्रेमकथामा आधारित भन्ने कुरा समाचारहरुमा आएको छ। यस्ता दुष्कृत्यलाई दोहो‌‌‌र्‍याउन खोजेको स्पष्ट देखिन्छ। त्यसैले यदि श्रीमद्भागवदको पवित्र नाम र ग्रन्थको महत्व दर्शाइने र आघात नपुग्ने गरी फिल्मका दृश्य छन् भने मात्र प्रसारण होस्। साथै कुनै पनि फिल्म निर्माण तथा प्रसारणको अवस्था खण्डमा धार्मिक क्षेत्रको आधिकारिक संस्थासँग समन्वय गरी कथावस्तुले धार्मिक क्षेत्र र सामाजिक मूल्य मान्यतामा आघात नहुने गरी मात्र निर्माण तथा प्रसारणको अनुमति दिनहुन अनुरोध गर्दछौं,’ उजुरी पत्रमा उल्लेख गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs