रुसी सेनाको पल्टन बेलारुस पुग्यो, बेलारुसले पनि युक्रेनमा आक्रमण गर्न खोजेको

  • कालिका खवर
  • शनिबार, अशोज २९, २०७९
  • संयुक्त सुरक्षा परिचालनमा भाग लिन रुसी सेनाको पहिलो पल्टन बेलारुस पुगेको छ । बेलारुसको रक्षा मन्त्रालयले सीमाको सुरक्षाको लागि रुसी सेना आफ्नो देशमा आएको पुष्टि गरेको छ ।

    रक्षा मन्त्रालयले एक तस्बिर सार्वजनिक गर्दै रुसी सेनालाई राजधानी मिन्स्कमा परम्परागत शैलीमा स्वागत गरिएको उल्लेख गरेको छ । गएकाे सोमबार बेलारुसका नेता अलेक्ज्याण्डर लुकाशेन्कोले युक्रेनले आफ्नो देशमा आक्रमण गर्ने योजना बनाएको दाबी गर्दै रुससँग मिलेर सीमा क्षेत्रमा संयुक्त सेना परिचालन गर्ने उल्लेख गर्नुभएको थियो । लुकाशेन्कोले पोल्याण्ड, लिथुआनिया र युक्रेनले बेलारूसी कट्टरपन्थीहरूसँग मिलेर खतरा पैदा गरेको समेत उल्लेख गर्नुभएको छ ।

    अमेरिका र युरोपेली देशले भने युक्रेनमा आक्रमण गरिरहेका रुसी सेनासँग मिलेर बेलारुसले पनि युक्रेनमा आक्रमण गर्न लागेको भन्दै कडा आपत्ति जनाएका छन् । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले गएको मंगलबार भएको जी–७ को बैठकमा रूसले बेलारुसलाई पनि युद्धमा प्रत्यक्ष रूपमा तान्न खोजेको आरोप लगाउनुभएको थियो । बेलारुसका सर्वोच्च नेता लुकाशेन्को रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी हुनुहुन्छ । गएको फ्रेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गर्दा रुसी सेनाको आवतजावतको लागि बेलारुसले अनुमति दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs