चिनियाँ राष्ट्रिय कंग्रेसबाट पूर्वराष्ट्रपति हु जिन्ताओ निकालिएको अप्रत्याशित दृश्य

  • कालिका खवर
  • शनिबार, कार्तिक ५, २०७९
  • चिनियाँ कम्युनिस्ट पार्टीको साताभर चलेको राष्ट्रिय कंग्रेसको अन्तिम दिन बेइजिङस्थित ग्रेट हलको मञ्चबाट पूर्व राष्ट्रपति हु जिन्ताओको अप्रत्याशित प्रस्थानले विश्वभरको ध्यान तानेको छ ।

    समयभन्दा पहिला नै हुलाई किन बाहिर निकालियो भन्ने खुलेको छैन । तर यति भन्न सकिन्छ, यो पूर्व निर्धारित होइन ।दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी राष्ट्रिय कंग्रेसले सी जिनपिङलाई एउटा नियमित अभ्यासको अन्त्य गर्दै तेस्रो अभूतपूर्व कार्यकालका लागि पुनः महासचिवमा नियुक्त गरेको छ । २०५ सदस्यीय केन्द्रीय कमिटी बनेको छ, जसले पार्टीको महत्वपूर्ण निर्णयहरु गर्ने शीर्ष कमिटी पोलिटब्यूरो चुन्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs