काम गरे मात्र समृद्ध नेपाल बन्छ : गुरुङ

  • कालिका खवर
  • आइतवार, कार्तिक ६, २०७९
  • काठमाडौं । संस्कार समाज नेपालका अध्यक्ष तथा सामाजिक अभियन्ता पशुपति गुरुङले सबै नेपालीले कामलाई सानो, ठूलो नसोचेर निरन्तर सत्कर्म गरे मात्र समृद्ध नेपाल बन्ने बताउनु भएको छ ।
    विगत ६ वर्षदेखि असल संस्कारको अभियान लिएर अगाडि बढिरहनु भएकी गुरुङले शनिबारको आफ्नो दैनिकी सामाजिक संजाल मार्फत प्रस्तुत गर्दै गफले मात्र संसार नचल्ने सबैले सकेको काम गर्नु पर्ने सन्देश दिनु भएको छ ।

    आफ्नो फेसबुक मार्फत विहान ४ बजेदेखि साँझ ८ बजेसम्मको दैनिकी सार्वजनिक गर्दै जे छ त्यसैमा खुशी हुन सक्नु ठूलो कुरा हो र देशको वर्तमान वास्तविकता पनि यही हो भन्दै सबैलाई आफ्नो क्षमता बमोजिमको काम गर्न प्रेरित गर्नु भएको छ । गुरुङले फेसबुकमा लेख्नु भएको छ ‘ म बिहान ४ बजे ऊठे घरको धन्दा सकाएर ७ बजे गाडी लिएर घरबाट टोखा कार्यक्रमको लागि निस्किए । कार्यक्रम सकाएर होटलको लागि किनमेल गरेर कृष्ण बेकरीमा संस्कार समाज नेपालको सचिव श्री प्रकाश समीर भाईलाई भेटी संस्थाको बारे छलफल सकाए । त्यसपछि सुन्धारा होटल १२ः३० मा पुगे । हिजो धोएको लुगा र किनमेल गरेको सामान होटलमा छोडेर घर आई लुगा फेरेर फेरी मण्डप पार्टी प्यालेसको कार्यक्रममा २ बजे पुगे । कार्यक्रम सकाएरा छिटो छिटो घर फर्केर खाना खाएर होटलबाट ल्याएको लुगा धोएर सुकाऊदा रातीको ८ बज्यो ।’

    संस्कार समाजका अध्यक्ष गुरुङले सुन्धारामा पशुपति होटल संचालनमा ल्याउनु भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs