राष्ट्रिय एजेन्डा, राम्रोदल, र सक्षमनेतृत्व, आजको आबस्यकता।

  • कालिका खवर
  • बिहिबार, कार्तिक १७, २०७९
  • बिस्वमा जे जति परिवर्तन भएका छ्न ती परिबर्तन हरु राजनिति परिवर्तनशिल युवा र सचेत समूह बाटैनै भएकाछ्न । हरेकपटक आउने चुनावले नयाँ, नयाँ ब्यक्तिकोछनौट गर्ने गर्दछ।जुन ब्यक्तिले देशमा नेतृत्वको जिम्मापाउने गर्दछ।देश समाजले जहिलेपनी नयाँ सक्षम नेतृत्व खोजेको हुन्छ।त्यो नेतृत्वछनौट चुनावबाटै सम्भव हुने गर्दछ।जसमा सचेत नागरिकहरुले अमुल्य मतदान गरि बिजय गराएका हुन्छ्न।त्यही बिजय भएका चुनावमा चुदिएका ब्यक्तिले देशहाक्ने जिम्मा पाउने गर्दछ्न। जसले समाजमा परिबर्तन ल्याउन सक्छ्न ।देशमा बिकास साथै नयाँ परिबर्तन ल्याउन सक्छ्न ।त्यसैले चुनावभनेको सक्षम नेतृत्व छ्नौट गर्ने एउटा परिपाटी साथै अवसर पनि हो जहाँ सक्षम ब्यक्तिमात्रै छ्नौट हुन्छ्न ।ती ब्यक्तिले मात्रै देशको मुहार फेर्न सक्छ्न।जुन सचेत नागरिक बाट चुदिएका हुन्छ्न।
    हाम्रो देशमा राजनितीले गर्दा धेरै परिवर्तन भएका छ्न जहाँ राजनिती दल युवा बर्ग सचेत समूह बौद्धिक ब्याक्तित्व समाजसेवी लगायत सबै ब्यक्तिको उत्तिकै योगदान रहेको छ।तर जति देशमा परिवर्तन भएता पनि बिकास निर्माण रोजगारी स्वास्थ्य शिक्षा क्षेत्रमा सोचेअनुसार परिबर्तन हुन सकिराखेको छैन ।विभिन्न चुनावमा नयाँ नयाँ नारादिने दलहरुले देशमा झुक्याइ राखेका छ्न।देशका सक्षम र कर्णधार युवापङ्ती बेरोजगार भइ रोजगारीको खोजिमा बिदेशिन बाध्य छ्न।दिनदिनै बिदेशिनेको तातिनै देखिन्छ।कृषि शिक्षा स्वास्थ्य पर्यटन क्षेत्रमा पनि त्यस्तै अबस्था देखिन्छ ।अन्तर्राष्ट्रिय ब्यापार घाट देशको बजेट भन्दापनी बढी भैसकेको छ झण्डै २०खर्व साथै वैदेशिक ऋण देशको बजेटको हाराहारी बढी भैसकेकोछ जसले देशको अवस्था झन नाजुक बन्दै गएको पाइन्छ ।यहीँ अबस्थामा देशमा बैकहरुमा तरलताको अबस्थापनि झन जटिल बन्दैछ।स्वदेश भित्र उत्पादित कृषि बस्तुको आयातित अर्वमाथी छ ।छिमेकी देशले चामल चिनी पिठो लगायत धेरै बस्तुमा बिदेश निर्यातमा पर्तिबन्द लगाउदैछ जसले गर्दा त्यो असर हाम्रो देशमा प्रत्यक्ष रुपमा पर्ने गर्दछ।यहीँ अवस्थालाई सुधार गर्न देशमा ऐले चुनाव आउदैछ जसमा नागरिकका अमुल्य मत बाटै सक्षम उम्मेद्बारलाई बिजय गराउनुपर्छ।
    यो देशको अबस्थामा पनि राजनिती दलहरु निषेधको राजनितिमा देखिएकाछ्न जसले देशलाई अबस्यपनि हित गर्ने छैन ।एकातिर सत्ता गठबन्धन र अर्कोतिर एमालेको बिच यो चुनावमा कडा टक्कर हुने देखिन्छ।तरपनी सक्षम नेतृत्व छनौट गर्नको लागि गठबन्धन गरेर मात्रै अबस्यपनी पुग्दैन किनकि चुनावमात राम्रो खालको राष्ट्रिय एजेन्डा सक्षम ब्यक्ती र राम्रो दल उम्मेद्बार सचेत नागरिक हरुले खोजेका हुन्छ्न ।चुबावमा गठबन्धन गर्दा कुन दलको के एजेन्डा हो के कस्तो एजेन्डा लागू हुनेहो चुनावी नारा के हो कसरी नागरिकसग मत माग्नेहो घोसणापत्र अनुसार सरकार बनाउदा कुन दलको लागू गर्ने र देशको आजको यो आबस्यकता हो कि होइन त्यो बुझन जरुरी देखिन्छ।खाली सत्तार कुर्सिको लागि भन्दा देश र जनताको लागि लागुहुने ठोसखालको एजेन्डा हरु यो चुनावमा आउन जरुरी छ।

    देशमा आजको आबस्यकता भनेको उद्धोगधन्दाको बिकास बेरोजगारलाई रोजगारी कृषिमा आधुनिकता उचितऔजार मल बीउ सिंचाइ ,पर्यटन बाटोघाटोको बिकास हाइड्रोपावरको बिकाश शिक्षामास्वास्थ्यमा सबै नागरिकको पौच।आधुनिक शिक्षा प्रणाली गुणस्तरीय शिक्षा नागरिकका आधारभुत आबस्यकता अनुसार गाँस बास कपासको ब्यबस्थापन साथै भुमिहिनलाइ जमिनको ब्यबस्था सम्पुर्ण नागरिकका अधिकारको सुनिश्चितता यो देशमा बैकहरुमा तरलताको ब्यबस्थापन उद्योगधन्दा चलाउन ब्यबसाय संचालन गर्नको लागि ऋणको ब्यबस्थागर्ने खालकोउपयुक्त एजेन्डा यो चुनावमा जसको राम्रोखालको आउँछ उसैलाई मतदिनुपर्छ जसअनुसार राष्ट्रियस्थरको मुद्दामाकुन दल राम्रो छ र सक्षम ब्यक्ती र सहि नेतृत्व दिनेखालको देशले खोजेको ब्यक्ती जुन दलमा छ उसैलाई नागरिकको अमुल्य मत दिनुपर्छ।चुनावमा गठबन्धन गर्नुत आफू सत्ता र स्वार्थ र राजनितिमा टिकिराख्ने खेलमात्रै हो ।जसलेगर्दा राम्रोब्यक्ती छनौट नहुन सक्छ। देशर जनतालाइ झन धोकाहुनसक्छ।चुनावमा जानत आफ्नै घोषणापत्र हुनुपर्छ चुनावजितेपछी त्यसै अनुसार काम गर्न सक्नुपर्छ ।यदि त्यो भएन भने कुनै अर्थनै हुदैन ।
    त्यसैले यो चुनावमा सक्षम नेतृत्व राम्रो दल र देशलाइ संचालन गर्नेखालको एजेन्डा र ब्यक्ती र राष्ट्रिय मुद्दामा कुन पार्टी अगाडि छ उक्त पार्टी मात्रै रोजौसहि घोषणापत्र र राम्रो दलले सक्षम नेतृत्वले मात्रै देशमा आर्थिक सामाजिक राजनितिक शिक्षा स्वास्थ्य क्षेत्रमा बिकास गर्न सक्छ। उधोगधन्दाको बिकाश गर्न सक्छ देशको बर्तमान समस्यालाइ हल गर्न सक्छ। हाम्रो भन्दा अझै कम आर्थिक स्थितिभएका देशहरु सहि नेतृत्वले गर्दा राम्रोयोजनाले काम गर्दा धेरै विकसित भैसके तर हाम्रो देशका राजनितीगर्ने पार्टीहरु देश र जनताभन्दापनी सत्ता स्वार्थका लागि आफै मात्रै टिक्नकालागी एकाअर्कालाई गाली
    गलौजमा छ्न ।यो राम्रो संदेश होइन ।त्यसैले आगामी चुनावमा राम्रो दल विशेष र सक्षम युवादेशलाई हितगर्ने खालको नेतृत्व छ्नौट गरौँ ।जसले हाम्रोजस्तो सुन्दर देशलाइ झनै बिकशित गर्न सक्छ्न देशको मुहार
    फेर्न सक्छ्न।जसले नागरिकका अधिकार सुनिश्चित हुन सक्छ्न र सम्बोधन हुन्छ्न। त्यसैले आफ्नो एक अमुल्य मतले निकै राम्रो परिवर्तन गर्दछ।राजनिती समाजसेवाहो यहाँ राजनितीलाई पेशा बनाइदै छ।जनता झुक्याइदैछ राजनितिमा भस्टाचार बढदै छ यो नराम्रो प्रक्रिया रोक्नको लागिपनी सबै बुद्धिजीवी नागरिका समाज समाजसेवी युवाबर्ग सबै सचेत बनौं ।सवैले सक्षम पार्टी राम्रो एजेन्डा र राम्रो ब्यक्तिमात्रै छ्नौट गरौ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs