माओवादी युवा नेता निर्मल बि.क.ले पार्टी परित्याग गरेको घोषणा

  • कालिका खवर
  • मङ्लबार, कार्तिक २२, २०७९
  • काठमाडौं । निर्वाचनको मुखमा आएर नेकपा माओवादी केन्द्रका युवा नेता दिपक बि.क. (निर्मल)ले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
    वाईसिएलका पूर्व केन्द्रिय समेत रहेका निर्मल पछिल्लो समय नेकपा माओवादी केन्द्रको भातृसंगठन नेपाल राष्ट्रिय सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । निर्वाचन नजिकिदै गर्दा पार्टी नेतृत्व बैचारिक रुपमा विचलन भएकोले पार्टीमा रहिरहनु उपयुक्त नरहेको उल्लेख गरेका छन् ।
    आफ्नो फेसबुक स्टाटस मार्फत निर्मलले २०६१ सालदेखि संघर्ष गर्दै आएको पार्टीको साधरण सदस्यमा समेत नरहने गरी पार्टी परित्याग गरेको उल्लेख गरेका छन् । विगत एक वर्षदेखि पार्टीको कुनै पनि जिम्मेवारीमा नरहे पनि पार्टीका गतिविधीहरुमा सक्रियता जनाउदै आएको बताउदै निर्मलले आजकै मितिदेखि पार्टीका गतिविधीमा आफू संलग्न नहुने उद्घोष गरेका छन् ।
    निर्वाचनको मुखमा पार्टी परित्याग गर्नु रहस्यमय हुन सक्ने आंकलन गर्न सकिन्छ । अन्य पार्टीमा जानका लागि पार्टी परित्याग गरेको त होईन ? भन्ने प्रश्नमा निर्मलले आफू सामाजिक कार्यमा सक्रिय हुने र आफ्नो व्यवसायमा रहेर समाजलाई योगदान गर्ने जवाफ दिएका छन् ।

    • प्रकाश समीर

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs