धनकुटा क्षेत्र नं. १ : एमालेका राई विजयी

  • कालिका खवर
  • बिहिबार, मंसिर ८, २०७९
  • धनकुटामा प्रतिनिधिसभा र प्रदेशसभामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभातर्फ गठबन्धनका सुनिलबहादुर थापालाई एक हजार तीन सय ९७ मतले पराजित गर्दै एमालेका राजेन्द्रकुमार राई विजयी हुनुभएको हो । राईले ३० हजार एक सय एक र नेपाली कांग्रेसका थापाले २८ हजार सात सय चार मत ल्याउनुभएको छ ।

    तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र)बाट विद्रोह गरी स्वत्रन्त्र उम्मेदवार बनेका हेमराज भण्डारी पाँच हजार नौ सय २६ मत ल्याएर तेस्रो स्थानमा रहनुभएको छ । त्यस्तै प्रदेश (१) मा एमालेका निरन राईले १७ हजार अठार मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का अर्जुन राईले १० हजार दुई सय २६ मत प्राप्त गर्नुभएको छ । प्रदेश (२) मा एमालेका ईन्द्रमणि पराजुली विजयी हुनुभएको छ । पराजुली १५ हजार सात सय ९७ मत ल्याएर विजयी हुनुभएको हो ।

    उहाँका निकतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का कुसुमकुमारी श्रेष्ठले ११ हजार दुई सय ३० मत प्राप्त गर्नुभएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभाका लागि जिल्लाबाट प्रतिनिधिसभामा सात, प्रदेशसभा (१) मा चार र प्रदेश (२) मा सात उम्मेदवार प्रतिस्पर्धामा थिए । कूल एक लाख १६ हजार नौ सय ९१ मतदाता रहेको धनकुटामा ६९ चार सय ९६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs