साढे एक अर्ब ट्वीटर अकाउन्टहरु डिलिट हुँदै

  • कालिका खवर
  • सोमवार, मंसिर २६, २०७९
  • माइक्रो ब्लगिङ साइट ट्वीटरबाट साढे एक अर्ब ट्वीटर अकाउन्टहरु डिलिट हुने भएका छन् ।

    ट्वीटरका सीईओ एलन मस्कले शुक्रबार एक अर्को महत्वपूर्ण निर्णय लिने क्रममा डेढ अर्ब वटा खाता हटाउने घोषणा गरेका हुन् ।

    मस्कले १५० करोड ट्वीटर अकाउन्ट डिलिट गर्नुपर्नाको कारण पनि उल्लेख गरेका छन् । ट्वीटरमा स्पेस फ्री गर्नका लागि वा ठाउँ खाली गराउनका लागि करोडौं अकाउन्ट डिलिट गर्नुपरेको मस्कले ट्वीटरमार्फत  बताएका छन् ।

    ट्वीटरबाट कस्ता कस्ता अकाउन्टहरु डिलिट गरिनेछ भन्ने पनि मस्कले प्रष्ट पारेका छन् । आफ्नो अघिल्लो ट्वीटमा रिप्लाई गर्दै उनले कयौं बर्षदेखि लगइन नै नगरिएका वा कुनै ट्वीट नगरिएका अकाउन्टहरू डिलिट गरिने मस्कको भनाइ छ । यसरी वर्षौंदेखि निष्क्रिय रहेका ट्वीटर खाताहरु अब डिलिट हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs