संस्कारको १७० औं श्रृङ्खला शान्ति विद्यागृहमा सम्पन्न

  • कालिका खवर
  • शनिबार, पुस २, २०७९
  • काठमाडौं । संस्कार समाज नेपालले आफ्नो नियमित श्रृङ्खलाको १७० औं श्रृङ्खला सम्पन्न गरेको छ । शुक्रबार लैनचौरमा रहेको शान्ति विद्या गृह माध्यमिक विद्यालयलाई डस्टविन वितरण गर्दै विद्यार्थी र शिक्षकका बीचमा ‘स्कूल स्कूलमा असल संस्कार’ कार्यक्रमसहित आफ्नो श्रृङ्खला सम्पन्न गरेको छ ।
    कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष तथा मुख्य अभियन्ता पशुपति गुरुङले ‘राम्रो व्यवहार गर्नु एउटा संस्कार हो भने नराम्रो व्यवहारलाई छोड्नु अर्को महत्वपूर्ण संस्कार हो । त्यसैले हामीले राम्रो कुराहरु अनुशरण गर्दै जानु पर्छ र नराम्रा कुराहरु छोड्दै जानु पर्छ ।’ विद्यार्थीहरुलाई आफ्नो अभिभावक र शिक्षक शिक्षिकाहरुको कर्तव्यबोध गराउदै अध्यक्ष गुरुङले भन्नु भयो ‘तपाईंहरुको राम्रो सोच्ने भनेको शिक्षक, शिक्षिका र अभिभावकहरुले हो त्यसैले उहाँहरुले भनेको सधैं मान्नु पर्छ ।’ गुरुङले बाटोमा हिड्दा ट्राफिक नियमको पालना गर्न, बाटोमा हिड्दा ‘सिङ्गल रो’ मा हिड्न, सरसफाईमा ध्यान दिनका लागि विद्यार्थीहरुलाई आग्रहसमेत गर्नु भयो ।
    काठमाडौं महानगरपालिका वडा नं. २६ का वडा सदस्य शान्ता प्रजापति महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्राधानाध्यापक शिवकुमारी बराल घिमिरेले संस्कार समाज नेपालको अभियान विद्यालयसम्म आइपुगेकोमा खुशी व्यक्त गर्नु भयो । प्रधानाध्यापक घिमिरेले आफूहरुले विद्यालयको सरसफाई, संस्कार विकासका लागि कार्यहरु गर्दै आइरहेका बताउँदै तथापि संस्कार समाज नेपालको अभियानलाई मनन गर्दै अब पाक्षिक रुपमा सरसफाई तथा जनचेतनामूलक कार्यक्रम संचालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले महत्वपूर्ण अभियानलाई विद्यालयसम्म जोड्ने काम गरिदिनु भएकोमा आभारका शब्दहरुसमेत व्यक्त गर्नु भएको थियो । कार्यक्रममा शिक्षक, शिक्षिका, विद्यार्थीहरुका साथै संस्कार समाज नेपालका अभियन्ताहरुको उपस्थिति रहेको थियो ।
    संस्थाले गत महिना रानीदेवी आधारभूत विद्यालयमा डस्टबिन तथा सेनिटरी प्याड वितरण गरेको थियो ।

    No description available.

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs