सरकारको न्यूनतम साझा कार्यक्रम : पृथ्वी जयन्तीमा सार्वजनिक विदा

  • कालिका खवर
  • शुक्रबार, पुस २२, २०७९
  • सत्तारुढ दलहरु २७ पुसमा सार्वजनिक विदा दिन सहमत भएका छन् । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने गठित कार्यदलले २७ पुसमा सार्वजनिक विदा दिने सहमति जुटेको हो ।

    राप्रपाले सरकारमा सहभागिताका लागि राखेका शर्तहरुमा २७ पुसमा सार्वजनिक विदा पनि थियो ।कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा भनिएको छ, ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिने ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs