बैतडीमा आजदेखि नेपाल–इन्डो क्रिकेट

  • कालिका खवर
  • बुधबार, पुस २७, २०७९
  • यहाँ आजदेखि प्रथम खुल्ला नेपाल इन्डो टी–२० क्रिकेट प्रतियोगिता सुरु हुदैछ । पञ्चकोटी युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका पुरुष क्रिकेट टोलीको सहभागिता रहनेछ ।

    प्रतियोगिताको उपाधि विजेता टोलीले रु ४० हजार र उपविजेता टोलीलाई रु २० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक पञ्चकोटी युवा क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिनुभयो । यस्तै म्यान अफ द सिरिजलाई रु तीन हजार, बेस्ट ब्याट्सम्यानलाई रु एक हजार पाँच सय, बेस्ट बलरलाई रु एक हजार पाँच, बेस्ट किपरलाई रु एक हजार एक सय ११ र बेस्ट फिल्डरलाई रु सात सय ७७ पुरस्कार दिइनेछ ।

    दशरथचन्द नगरपालिका–१० स्थित बुड्डाबाजे खेलमैदान रातामाटामा सञ्चालन हुने प्रतियोगिताका खेल लिग चरणमा खेलाइने छन् । सीमावर्ती क्षेत्रका बासिन्दाबीच खेलमार्फत सद्भाव कायम गर्न र क्रिकेट विकास, खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष चन्दको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs