माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन डिस्चार्ज

  • कालिका खवर
  • शुक्रबार, माघ ६, २०७९
  • नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन डिस्चार्ज भएका छन्।

    कलेजोमा समस्याका कारण सुमेरू अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको उनको सचिवालयले जनाएको छ।

    उनको उपचारमा संलग्न चिकित्सक युवराज शर्माले स्थिति जटिल बनेपछि कलेजो प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएका थिए।

    स्वास्थ्यमा सुधार भएपछि प्रत्यारोपण गर्नुपर्ने जरूरी नदेखिएको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs