सुपरमादी हाइड्रोपावरको आईपीओ भोलिदेखि बिक्री खुल्ला

  • कालिका खवर
  • आइतवार, माघ ८, २०७९
  • काठमाडौँ । सुपरमादी हाइड्रोपावरले सोमबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई सेयर बिक्री गर्न लागेको हो ।
    आयोजनाले आफ्नो जारी पूँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने छ । यसमध्ये, १० लाख ५० हजार कित्ता आईपीओ स्थानीयलाई बिक्री गरिसकेको छ । यस्तै, २ लाख १० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा गएकाहरुलाई बिक्री गरिसकेको छ । यसका साथै, कम्पनीले १ लाख ५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई र ४२ हजार कित्ता सेयर कर्मचारीलाई बिक्री गरिसकेको छ । वैदेशिक रोजगारीमा गएका, स्थानीय, सामूहीक लगानी कोष र कर्मचारीलाई बिक्री गरेर बाँकी बसेको १७ लाख ४३ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । नेपाल धितोपत्र बोर्डमा कम्पनीले पेश गरेको विवरण पत्रअनुसार आयोजनाको प्रतिसेयर नेटवर्थ १०६.२६ रुपैयाँ छ । यस्तै, प्रतिसेयर आम्दानी ६.२८ रुपैयाँ छ भने हाल कम्पनीको सञ्चित मुनाफा ३१ करोड १५ लाख १० हजार रुपैयाँ छ । कम्पनीले कास्कीको मादी गाउँपालिकामा ४४ मेगावाट क्षमताको जलविद्युत आयोजना बनाउँदैछ । उक्त आयोजना बनाउन निर्माण अवधिको ब्याजसहित १८ करोड ९७ लाख ७२ हजार लागत लाग्नेछ । र, यसको सञ्चालन अवधि ३० वर्षमध्ये २९ वर्ष ६ महिना बाँकी छ ।
    यस कम्पनीमा लगानी गरेबापत लगानीकर्ताले आफ्नो लगानी फिर्ता पाउने अवधि कम्तिमा ६.२८ वर्ष लाग्ने छ । कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs