संघीय सरकारमा धेरै मन्त्रालय र मन्त्रीको सङ्ख्या आवश्यक छैन : खिमलाल देवकोटा

  • कालिका खवर
  • मङ्लबार, माघ १०, २०७९
  • काठमाडौँ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले संघीय सरकारमा धेरै मन्त्रालय र मन्त्रीको सङ्ख्या आवश्यक नभएको टिप्पणी गरेका छन् ।  राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै देवकोटाले जनतालाई सेवा सुविधा दिने सवालमा थोरै मन्त्रालय भए पनि प्रभावकारी हुने बताएका हुन् ।

    ‘हाम्रोमा धेरै मन्त्रालय र मन्त्री किन चाहियो ? केन्द्रमा संविधान बमोजिम प्रधानमन्त्री सहित २५ जना मन्त्री हुने व्यवस्था छ’ देवकोटाले भने, ‘स्वीजरल्याण्डको संविधानमा प्रधानमन्त्रीलाई चान्सलर भन्दो रहेछ ।

    चान्सलरसहित सात जना मन्त्री बनाउन नपाउने व्यवस्था स्पष्ट रूपमा उल्लेख छ ।’ संघीय सरकारमा २२ मन्त्रालयको सङ्ख्या समेत बढी भएको देवकोटाले बताए । ‘अहिले संघमा मन्त्रालयको सङ्ख्या २२ छ यो पनि बढी भयो । धेरै अधिकार तल गई सकेको अवस्थामा केन्द्रमा धेरै मन्त्रालय चाहिँदैन ।

    धेरै मन्त्रालय र मन्त्रीको सङ्ख्या चाहिँदैन । हाम्रा संरचना चुस्त बनाए पुग्छ ।’ देवकोटाले भने । यस्तै देवकोटाले प्रदेश र प्रतिनिधि सभामा महिला उम्मेदवार ९ प्रतिशत मात्रै बनाएको विषयमा समेत आपत्ति जनाए । महिलालाई आधा धर्ती भन्ने गरे पनि उम्मेदवार बनाउँदा ५० प्रतिशत समेत नबनाएको देवकोटाले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs