कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डा

  • कालिका खवर
  • मङ्लबार, माघ १०, २०७९
  • सुर्खेत । कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डाको विषय टुङ्गिएको छ । आज बसेको गठबन्धनको बैठकले कुन मन्त्रालय कुन दलले लिने भन्ने विषय टुङ्ग्याएको हो । जस अनुसार नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिने सहमति भएको छ ।

    यस्तै एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको बैठकमा सहभागी माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्लले रातोपाटीलाई जानकारी दिए ।
    उनका अनुसार अब भोलि बेलुकासम्म मन्त्रिमण्डलले पूर्णता पाउने छ । उनले भने,‘ मन्त्रालयको बाँडफाँट आज सकियो, भोलि बेलुकासम्म अन्य मन्त्री नियुक्त गरेर पद तथा गोपनीयताको शपथ लिनेगरी तयारी थालिने छ ।’

    ८ सदस्यीय मन्त्रिमण्डललाई घटाएर सोमबार ७ सदस्यीय मन्त्रिमण्डल बनाइएको छ ।  यसअघि ३/३ मन्त्रालय लिने सहमति भएपनि कुन मन्त्रालय कुन दलले लिने भन्ने बारेमा कुरा मिलेको थिएन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs