मैले उपराष्ट्रपतिका लागि कुनै नेतालाई दबाब गरेको छैन : मातृका यादव

  • कालिका खवर
  • मङ्लबार, माघ १०, २०७९
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले आफूले उपराष्ट्रपतिका लागि कुनै नेतालाई दबाब नदिएको र लबिङ समेत नगरेको दाबी गरेका छन् ।

    नेता यादवले मङ्गलवार सामाजिक सञ्जालमार्फत आफूले उपराष्ट्रपति पदमा दाबी गरेको सञ्चार माध्यममा प्रकाशित भएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको  जनाएका छन् ।

     मैले उपराष्ट्रपति पदमा दाबी गरेको सञ्चार माध्यममा प्रकाशित भएको विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मैले उपराष्ट्रपति पदका लागि  सम्माननीय प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष कमरेड प्रचण्ड वा अरू कुनै नेतालाई दबाब वा लबिङ गरेको छैन ’ यादवले भनेका छन्,|
      ‘यस्तो गम्भीर विषयमा समाचार बनाउँदा मसँग सोध्दै नसोधी एकतर्फी पद लोलुपता देखाउने गरी समाचार लेख्नुले म बडो आश्चर्यचकित तथा दुःखित भएको छु । अतः उपराष्ट्रपति पदमा कुनै दाबी नभएको कुरा आदरणीय जनसमुदाय तथा पत्रकार महानुभावहरूमा स्पष्ट पार्न चाहन्छु ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs