वागमतीमा मन्त्रीको भागबण्डा , एमाले र माओवादीलाई चार चार, राप्रपालाई तीन मन्त्रालय

  • कालिका खवर
  • बुधबार, माघ ११, २०७९
  • काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । मुख्यमन्त्री जमरकट्टेलले सत्ता साझेदार दलहरुसँगको छलफलपछि बुधबार बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने भएका हुन् । सत्ता साझेदार दलहरुबीच नेकपा माओवादीले मुख्यमन्त्री र तीन मन्त्रालय पाउने भएको छ भने एमालेले चार मन्त्रालय पाउने भएको छ । त्यसैगरी राप्रपाले तीन मन्त्रालय पाउने भएको छ ।

    एमालेले एकलाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव पोखरेल, जगन्नाथ थपलियालाई मन्त्रीका रुपमा पठाउने भएको छ । तर मन्त्रालय टुंगो नलागिसकेको मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । त्यसैगरी माओवादी केन्द्रले मुख्यमन्त्री र तीन मन्त्री पाएको छ । माओवादीले मन्त्रीमा युवराज दुलाल, गंगानारायण श्रेष्ठ र कुमारी मोक्तानलाई सरकारमा पठाउने

    भएकोक छ । तीन मन्त्री पाएको राप्रपाले यसअघि नै एक मन्त्री पठाएपनि बाँकी दुई जना कसलाई मन्त्री बनाउने भन्ने टुंगो लागाइसकेको छैन  ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs