फ्युजन कन्सल्टेन्सीमा प्रहरीको छापा,सञ्चालक सहित ३ जना पक्राउ

  • कालिका खवर
  • शुक्रबार, माघ १३, २०७९
  • काठमाडौँ । डिल्लीबजार स्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीले छापा मारेको छ । छापा मारेर कन्सल्टेन्सी सञ्चालक सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले  बताए ।

    पक्राउ पर्नेमा कन्सल्टेन्सी सञ्चालक माधव पौडेल सहित ३ जना छन् । कन्सल्टेन्सीमा शिक्षा मन्त्रालय र विभागको नक्कली छाप र लेटरप्याड भेटिएको छ । विद्यार्थीहरूलाई विदेश पठाउन आवश्यक बैंक स्टेटमेन्ट समेत सो कन्सल्टेन्सीले नक्कली बनाउने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs