काठमाण्डौको स्वयम्भूमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु

  • कालिका खवर
  • आइतवार, माघ १५, २०७९
  • काठमाण्डौ – काठमाण्डौको स्वयम्भू नयाँ पूलमा तेल बोक्ने ट्याङ्करको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।

    गएराति नयाँ पुल चौमतीमा प्रदेश ३–०१–००३०–७५१२ नम्बरको डिजल बोक्ने ट्याङ्करको ठक्करबाट बा ८१ प १७८६ नम्बरको स्कुटरका चालक काठमाण्डौ महानगरपालिका–२४ बस्ने ५५ वर्षका नरेन्द्रमुनि बज्राचार्यको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका उहाँको उपचारका क्रममा मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा ज्यान गएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs