संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसद्वारा घृणायुक्त भाषण रोक्न आह्वान

  • कालिका खवर
  • आइतवार, माघ १५, २०७९
  • संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले घृणायुक्त भाषण, अतिवाद र गलत सूचनालाई रोक्न आह्वान गर्नुभएको छ ।

    संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्युयोर्कमा भएको कार्यक्रममा उहाँले मिथ्या सूचना रोक्नका लागि सुरक्षात्मक सीमा अर्थात् ‘गार्डरेल’ स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ । अहिले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट घृणायुक्त भाषण, चरम विचारधारा र गलत सूचनाहरू विश्वभर द्रुत रूपमा फैलिएको उहाँको भनाइ छ ।

    महासचिव गुटेरेसले जुनसुकै किसिमको गलत सूचना र विचारको फैलावट रोक्न सबैसँग आह्वान गर्नुभएको हो । अहिले मानिसहरुमा आर्थिक सङ्कटले असन्तुष्टि पैदा गरिरहेको र यो असहज अवस्थामा घृणा र झुुट विवरणका विषाक्त फोहर डम्प गरिरहेका प्लेटफर्म नियमन आवश्यक बनिसकेको उहाँको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs