‘प्रेमप्रसादको आत्मदाह र रविको नागरिकता विवादमा राज्य दोषी’

  • कालिका खवर
  • आइतवार, माघ १५, २०७९
  • काठमाडौँ । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले संसद् भवन अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्य र रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतबाट भएको फैसलामा राज्य प्रमुख दोषी रहेको ठहर गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमा आयोजित पत्रकार साक्षात्कार कार्यक्रममा मोर्चाले अहिलेको राज्य व्यवस्था नै परिवर्तनको आवश्यकता औँल्याएको हो ।

    मोर्चाका उपाध्यक्ष यमराज आचार्यले नेपालको संविधानलाई लङ्गडो संविधानको संज्ञा दिए । उनले अहिलेको व्यवस्थाले प्रेमप्रसाद आचार्यलाई आत्मदाहको लागि बाध्य बनाएको आरोप लगाए । रवि लामिछानेतर्फ लक्षित गर्दै उनले भने, ‘आज यो देशमा व्यवस्था परिवर्तन गर्नुपर्ने थियो । केही साथीहरू अवस्था परिवर्तन गर्छु भनेर जानुभयो । यो सम्पूर्ण घटना अवस्थाको कारण भएको होइन व्यवस्थाको कारण भएको हो । यसको मूल कारण २०७२ को लङ्गडो संविधान हो ।’

    अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले उद्यमी–व्यवसायीलाई आत्मदाह गर्न बाध्य बनाएको उनको आरोप छ । संसद् भवन अगाडि आत्मदाह गरेका आचार्यलाई शहीद घोषणा गर्न पनि उनले माग गरेका छन् ।

    रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्चबाट भएको फैसलाको प्रसङ्गमा उनले नेपाली नागरिकले बाध्य भएर अन्य देशको नागरिकता लिने गरेको बताए ।  अन्य मुलुकको नागरिकता लिन पर्ने बाध्यतालाई ध्यान दिएर दोहोरो नागरिकताको व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs