नयाँ  सरकार गठन भएको केही महिनामा जनतामा बितृष्णा देखिनु शुभ संकेत होइन : कमल थापा

  • कालिका खवर
  • आइतवार, माघ १५, २०७९
  • काठमाडौँ । राप्रपा नेपालका  अध्यक्ष कमल थापाले मुलुकको राजनीति भद्रगोल र डामाडोलतर्फ अघि लागेको टिप्पणी गरेका छन् । पार्टीको संगठन विभागद्वारा आज काठमाडौंमा आयोजित ‘उपत्यका स्तरीय संगठन सुदृढीकरण अभियान’ तयारी बैठकमा बोल्दै थापाले सो कुरा बताएका हुन् । अध्यक्ष थापाले निर्वाचन सकिएर  नयाँ  सरकार गठन भएको केही महिना नबित्दै जनतामा बितृष्णा देखिनुलाई शुभ सङ्केत मान्न नसकिने बताए ।

    थापाले शान्ति र समृद्धिको चाहना पूरा हुनेमा जनतामा आशंका शुरु भएको बताउँदै थापाले हिन्दु राष्ट्रको पुनर्स्थापना, भ्रष्टाचार नियन्त्रण , बेरोजगारी समस्याको समाधान र सुशासनको निमित्त जनता सडकमा ओर्लिनु पर्नेमा जोड दिए । उनले भने, ‘अहिलेका सबै राजनीतिक दल र शक्ति सत्ता केन्द्रित फोहरी खेलमा लिप्त छन्, त्यसैले जनतामा चरम असन्तुष्टि बढेको छ ।’

    सो अवसरमा संगठन विभाग प्रमुख एवम् महामन्त्री राजाराम बर्तौलाले ‘उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियान’ कार्ययोजना प्रस्तुत गरेका थिए भने अर्का महामन्त्री सुशील श्रेष्ठले प्रशिक्षण कार्यक्रम बारे प्रकाश पारेका थिए । कार्यक्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला अध्यक्षहरु क्रमशः श्याम घिमिरे, जीपी दाहाल र श्याम नेपालले पनि मन्तव्य राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs