बाँकेमा श्रीमानले पेट्रोल छर्किएर आगो लगाउँदा श्रीमती घाइते, बच्चाको मृत्यु

  • कालिका खवर
  • सोमवार, माघ १६, २०७९
  • काठमाण्डाै । बाँकेमा एक जनाले पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षका छोराको ज्यान गएको छ भने श्रीमती घाइते भएकी छिन्  ।

    कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका ३० वर्षीय भानुभक्त विकले हिजो बेलुका श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाएका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार गंगाले  छोरालाई बोक्नु भएको थियो ।

    आगोले जलेका बालकको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घाइते गंगाको उपचार भइरहेको छ । श्रीमती र बच्चालाई आगो लगाउने भानुभक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs