राष्ट्रपति निर्वाचनको विषयमा प्रधानमन्त्रीको व्यवहार नकारात्मक छैन : शंकर पोखरेल

  • कालिका खवर
  • सोमवार, माघ १६, २०७९
  • मोरङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपति निर्वाचनको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवहार नकारात्मक नभएको बताएका छन् ।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ नरहेको समेत बताएका हुन् । ‘राष्ट्रिय सहमति खोज्नुको अर्थ प्रतिपक्षलाई दिनु भन्ने होइन,’ उनले भने, ‘प्रधानमन्त्रीले पनि सत्ता गठबन्धन भित्रबाट नै राष्ट्रपति होस् भन्ने चाहनुभएको छ ।’

    राष्ट्रपतिमा एमालेको उम्मेदवार हार्छ भन्ने कल्पना गर्नै नसकिने उनको तर्क छ । संघदेखि प्रदेशसम्म नै गठबन्धनको सरकार रहेकाले सत्ता गठबन्धनको उम्मेदवारले राष्ट्रपति हुने उनले बताए । नेपाली काँग्रेसले सत्ता बाहिर रहँदा अस्थिरता ल्याउनका लागेको आरोप पनि उनले लगाए । पोखरेलले राष्ट्रपतिमा नेपाली कांग्रेसले दाबी गर्न नै नमिल्ने पनि बताए । ‘अहिले कांग्रेस न सत्ता पक्ष न प्रतिपक्ष जस्तो देखिएको छ,’ उनले भने, ‘दिशाहीन अवस्थाको जस्तो देखिएकाले पहिला उ सच्चिनुपर्छ ।’

    रवि लामिछानेलाई गृहमन्त्री बनाउन बालकोटले दबाब दिइरहेको छ नि भन्ने पत्रकारको प्रश्नमा महासचिव पोख्रेलले अहिले दबाब नदिएको बताएका छन् । गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीबीच हुने सहमतिले मात्रै टुङ्गिने उनको भनाइ छ । उनले रवि लामिछानेको मुद्दाको फैसलाप्रति असन्तुष्टि व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs