सेवाग्राहीलाई दुःख दिएकाे भन्दै वीरगञ्जको मालपोत कार्यालयबाट ८ जना पक्राउ

  • कालिका खवर
  • सोमवार, माघ १६, २०७९
  • पर्सा  । वीरगञ्जको मालपोत कार्यालय परिसरबाट आठ जना पक्राउ परेका छन् । सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिएको भन्दै प्रहरीले दीपककुमार पटेल, सन्तोषकुमार राउत, राजकुमार साह, सुशीलकुमार साह, शुभनारायण महतो कोइरी, धमेन्द्रकुमार सहनी, सञ्जय चौहान र हरिओम गुप्तालाई पक्राउ गरेको हो ।

    मालपोत कार्यालयमा आएका सेवाग्राहीलाई काम छिटो गराइदिन्छु भनेर पैसा मागेको गुनासो आएपछि उनीहरूलाई हिजो आइतवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीहरूविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs