नेकोसको दोस्रो महाधिवेशन विराटनगरमा हुँदै ; १५ वटा उप समिति गठन

  • कालिका खवर
  • सोमवार, माघ १६, २०७९
  • विराटनगर । नेकपा एमालेको जन वर्गीय संगठन नेपाल खेलकुद महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन फागुन ७ गतेदेखि ९ गतेसम्म  विराटनगरमा हुने भएको छ ।

    फागुन ७ गते हुने महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । महासंघका अध्यक्ष पशुराम बस्नेतका अनुसार महाअधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

    महाधिवेशनको तयारी सुरु भएको जानकारी दिँदै बस्नेतले यो महाधिवेशन समग्र खेल क्षेत्रमा लाग्नेहरूको लागि उत्सवको रूपमा रहने बताए । महाधिवेशन उद्घाटनको दिन कराँँते,उषु, तेक्वान्दो लगायत अन्य खेलहरु प्रर्दशन गरिने र दोस्रो राष्ट्रिय महाधिवेशनको गितमा सांस्कृतिक कार्यक्रम समेत हुने बताए ।

    महाधिवेशन सम्पन्न गर्न हाल कायम रहेको २१६ सदस्यीय केन्द्रिय कमिटी नै मुल व्यवस्थापन समिति रहने तथा प्रदेश न. १ र मधेश प्रदेश महासंंघका जिम्मेवार कमरेडहरुको महाधिवेशन व्यवस्थापनमा विशेष सहभागिता रहने निर्णय गरिएको बताए । यिनै निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा १५ वटा उप समितिका संयोजक तथा सदस्यहरु  पनि चयन गरिएको बताए । राजनैतिक,सांगठनिक प्रतिबेदन लेखन उप- समितिका संयोजक क. कृष्ण बस्नेत, प्रतिनिधि व्यवस्थापन उप- समितिका संयोजक क. दिपेन्द्र दाहाल, विधान मस्यौदा उप- समितिका संयोजक क. भिम ओलि, आर्थिक व्यवस्थापन उप- समितिका संयोजक क. रुपेश अधिकारी, सहसंयोजक क. उज्ज्वल सुवेदी, स्वयंसेवक तथा सुरक्षा व्यवस्थापन उप-समितिका संयोजक क. शिवजी गुप्ता, खाद्यान्न व्यवस्थापन उप-समितिका संयोजक क. सन्तोष श्रेष्ठ, मञ्च व्यवस्थापन उप-समितिका संयोजक क. नन्दा बस्याल, जन परिचालन उप-समितिका संयोजक क. सन्तोष बान्तवा, खेलखुद प्रदर्शन उप-समितिका संयोजक क. ओम कृष्ण प्रसाईं, अतिथी सत्कार उप-समितिका संयोजक क. सम्भु पौडेल, आवास व्यवस्थापन उप-समितिका संयोजक क. विप्लव घोष, प्रचारप्रसार तथा मिडिया समन्वय उप-समितिका संयोजक क. तिर्थ बहादुर खड्का, स्वास्थ्य उप-समितिका संयोजक क. दिपक न्यौपाने, यातायात तथा ट्राफिक व्यवस्थापन उप-समितिका संयोजक क. सलिल प्रधान, जनसम्पर्क समन्वय उप-समितिका संयोजक क. रोहित कोइराला  रहेको छन् ।

    बस्नेतले महाधिवेशनको उद्घाटन १० हजार भन्दा बढीको सहभागितामा आमसभाका रूपमा गरिने भन्दै बन्द सत्रमा समेत करिब ६ सय प्रतिनिधि, पर्यवेक्षक तथा खेल क्षेत्रका अगुवालगायतका १ हजार भन्दा बढीको सहभागिता हुने  जानकारी दिए ।

    खेल क्षेत्रलाई महत्त्व दिने पार्टी नेकपा एमाले नै रहेको भन्दै उनले खेलकुद महासंघले खेलकुदको प्रवर्धन गर्दै खेलाडीहरूको हितका लागि नीति निर्माणमा पार्टीलाई दबाब दिने र यस क्षेत्रको समग्र विकासका लागि प्रयत्न गर्ने मुख्य उद्देश्य रहेको बताए ।

    आजै आर्थिक उप- समितिको बैठक बसि आर्थिक बजेट सङ्कल्न गर्ने र अरु १४ वटा उप-समितिको बैठक छिटै बसि सभ्य र भब्य तरिकाबाट महाधिवेशन सम्पन्न गर्ने मिडिया समन्वय उप समितिका संयोजक  तथा महासंघको प्रवक्ता तिर्थ बहादुर खड्काले बताए । नेपाल खेलकुद महासंघको इन्चार्ज तथा सांसद  गोकुल बासकोटाको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs