हेटौंडा उपमहानगरले करारका ७१ जना कर्मचारी हटायो

  • कालिका खवर
  • बुधबार, माघ १८, २०७९
  • मकवानपुर – हेटौंडा उपमहानगरपालिकाले करारमा कार्यरत ७१ जना कर्मचारीलाई हटाएको छ । उपमहानगरपालिकाको करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई हटाएको हो । उपमहानगरपालिकाको कार्यपालिका बैठकको निर्णय गरेर ७१ कर्मचारी एकै पटक हटाइएको हो ।

    मेयर र उपमेयरको तोक आदेशमा जागिर खाएका ७१ जना कर्मचारीलाई हटाइएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताउनुभयो । उपमहानगरपालिकामा चौथो तह, पाँचौ तह र छैटो तहसम्मका ७१ जना कर्मचारी हटाएको हो । उपमहानगरपालिकामा कार्यरत कम्प्युटर अप्रेटर, स्वास्थ्य, प्रशासन, प्रावित्रिक कर्मचारी हटाइएको प्रवक्ता न्यौपानेले बताउनुभयो । परीक्षाको सामान्य प्रक्रिया पनि पूरा नगरिकन तोक आदेशका भरमा जागिर खाएकाहरुलाई हटाइएको उहाँले बताउनुभयो ।

    उपमहानगरपालिकामा लामो समयदेखि काम गर्ने कर्मचारीदेखि भर्खर नियुक्त भएका कर्मचारीहरु समेतलाई हटाइएको हो । साउनदेखि पुस मसान्तसम्मका लागि करार गरिएका कर्मचारीको म्याद नथपिएको उपमहानगरपालिकाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs