राष्ट्रपतिको चुनाव नहुँदासम्म गृहसहित तीन मन्त्रालय आफैसँग राख्ने प्रधानमन्त्रीको तयारी

  • कालिका खवर
  • बुधबार, माघ १८, २०७९
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एम्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहसहित तीन मन्त्रालय राष्ट्रपतिको चुनावसम्म राख्ने भएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले गृह सहित वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय राष्ट्रपतिको चुनाव नहुँदासम्म राख्ने योजना बनाएका हुन् । राष्ट्रपतिको अगामी फागुन २५ गते र उपराष्ट्रपतिको चैत ३ गते चुनाव गर्ने मिति तोकिएको छ ।

    ‘गृह मन्त्रालयका विषयमा पार्टी भित्र र बाहिर अनेक खालका दबाब छन् । रबि जी मुद्धा नसल्ट्याएर फर्किन खोज्दै हुनुहुन्छ । पार्टीबाट मलाई बनाउनु प¥यो भनेर दबाब आइराखेको छ’प्रधानमन्त्री निकट एक नेताले भने, ‘प्रधानमन्त्री ज्यू गृह सहित तीन मन्त्रालय राष्ट्रिपतिको चुनाव नहुँदासम्म कसैलाई दिनेपक्षमा हुनुहुन्न् ।’

    राष्ट्रपतिको चुनावका विषयमा सहमति भइनसकेकाले तीन मन्त्रालय आफैसँग राखेमा डिल गर्न सहज हुने बुझाईमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs