अनेरास्ववियूले गर्यो जनक शिक्षा सामाग्री केन्द्र घेराउ

  • कालिका खवर
  • बुधबार, माघ १८, २०७९
  • अनेरास्ववियूले जनक शिक्षा सामाग्री केन्द्र छोडेर निजि कम्पनिलाइ कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छाप्न दिने शिक्षा मन्त्रालयको निर्णय विरुद्ध  जनक शिक्षा सामाग्री केन्द्र सानोठिमीको केन्द्रिय कार्यालय घेराउ गरेको छ । कार्यक्रमलाई सम्बाेधन गर्दै  अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामाग्री केन्द्र भित्रको भ्रष्टाचारका कारण कमिसनका लागि निजि कम्पनीलाई पाठ्यसामग्री छाप्न दिइएको र जनक शिक्षा सामाग्री केन्द्रले नै पाठ्यपुस्तक छाप्नु पर्ने, शैक्षिक सामाग्री समय मै पुर्याउनु पर्ने बताए। साथै उहाले शैक्षिक क्षेत्रमा हुने नीतिगत लगायत कुनै पनि भ्रष्टाचार अनेरास्ववियूले नसहने, त्यस्ता भ्रष्टाचार विरुद्ध कडा प्रतिवाद, प्रतिकार गर्ने बताउनु भयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs