पाकिस्तानले एक सय बीस गैरकानुनी अफगान नागरिकलाई रिहा

  • कालिका खवर
  • बिहिबार, माघ १९, २०७९
  • पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध बिग्रँदै गएको बीचमा इस्लामावाद सरकारले सिन्ध प्रान्तबाट हजारौं गैरकानुनी थुनामा रहेका अफगान नागरिकहरूलाई रिहा गरेको खामा प्रेसले जनाएको छ ।

    इस्लामाबादस्थित तालिबानशासित अफगानिस्तानको दूतावासले यसअघि सिन्धमा बन्दी बनाएका एक सय २० जना अफगान नागरिकलाई रिहा गर्ने घोषणा गरेको थियो । गत मङ्गलबार करिब एक सय ३० अफगान बन्दीहरूलाई रिहा गरिएको थियो ।

    यस घोषणाअनुसार आगामी दिनमा थप अफगान नागरिकलाई रिहा गरिने छ । यसअघि दूतावासले पाकिस्तानी जेलबाट १३ सय अफगान शरणार्थी रिहा भएको घोषणा गरेको थियो ।

    पाकिस्तानी अधिकारीहरुकाअनुसार, एक विशेष अपरेसनको क्रममा प्रहरीले कानुनी आवासीय अनुमति (भिसा) नभएको कारण पाकिस्तानभर महिला र बालबालिका सहित १२ सय भन्दा बढी अफगान नागरिकलाई पक्राउ गरी जेलमा हालेको पाकिस्तानमा रहेको अफगान दूतावासले पुष्टि गरेको छ ।

    करिब १५ सय कागजातविहीन अफगान शरणार्थीहरू अझै पनि पाकिस्तानको जेलमा छन्, र तिनीहरूको रिहाईको लागि प्रयास भइरहेको बताइएको छ ।

    प्रतिवेदनले शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (युएनएचसिआर) को रिपोर्टलाई उद्धृत गर्दै भनिएको छ कि हाल पाकिस्तानमा करिब १३ लाख वैध अफगान शरणार्थीहरू बसोबास गरिरहेका छन् ।

    तर हजारौं अवैध अफगान आप्रवासीहरू पनि पाकिस्तानका विभिन्न भागहरूमा बसोबास गरिरहेका छन् भन्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs