सांसद बजगाईको समन्वयमा गोरखाका एक बिरामी महिलाको हेलिकोप्टरबाट उद्धार

  • कालिका खवर
  • बिहिबार, माघ १९, २०७९
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईको समन्वयमा गोरखा एक बिरामी महिलाको उद्धार भएको छ । धार्चे २ केरौजाबाट १९ वर्षे कान्छीमाया गुरुङको उद्धार भएको हो ।

    सुत्केरी हुन नसकेर सुन्निएको र रक्तश्राप अधिकमात्रामा भएपछि स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नहुँदा बिरामीका आफन्तले सांसद बजगाईलाई बिहान ९ बजे सम्पर्क गरेपछि उनले राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत उद्धार गरेका हुन् ।

    सिम्रिक एयरको हेलिकोप्टरबाट बिरामीलाई मध्यान्ह १२ बजे काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ल्याइएको बजगाईको सचिवालयले जानकारी दिएको छ ।

    सांसद बजगाईले यसअघि पनि थुप्रै बिरामीको हेलिकोप्टरमार्फत उद्धार गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs