नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी पक्राउ

  • कालिका खवर
  • बिहिबार, माघ १९, २०७९
  • नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले फरार सूचीमा रहेका सांसद चौधरीलाई आज दिउँसो २ बजे कैलाली टीकापुरबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

    कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई शुक्रबार धनगढी जिल्ला अदालत बुझाउने तयारी रहेको प्रवक्ता पोखरेलको भनाइ छ । सांसद चौधरीसहित तीन जनाविरुद्ध आगजनीको मुद्दामा कैलाली जिल्ला अदालतबाट ६ महिना कैद फैसला भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs