पैतीस लाख बालबालिका विद्यालय बाहिर

  • कालिका खवर
  • शुक्रबार, माघ २०, २०७९
  • इथियोपियामा जारी आन्तरिक द्वन्द्व र प्रतिकूल मौसमका कारण कम्तीमा ३५ लाख बालबालिका विद्यालय जानबाट वञ्चित भएका एक अध्ययनले देखाएको छ ।

    संयुक्त राष्ट्रसङ्घीय बालकोषका अनुसार आन्तरिक द्वन्द्व र प्रतिकूल मौसमका कारण ३५ लाख बालबालिका विद्यालयको पहुँचबाहिर रहेका हुन् । खडेरीका कारण लामो समयदेखि ती बालबालिकाका अभिभावकले खाद्यान्न अभाव झैल्दै आएका छन् ।

    टिगरे क्षेत्र खाद्य समस्याबाट पीडित छ । बालकोषले केही समयअघि कोभिडका कारण बालबालिका विद्यालय जान नपाएका जनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs