किष्ट अस्पताल, किवनिज हिमालय र किवनिज बागमतीको सहयोगमा ३०० थान चस्मा बितरण

  • कालिका खवर
  • शनिबार, माघ २१, २०७९
  • काठमाडौं । किष्ट मेडिकल कलेज तथा अस्पतालको आयोजनामा किवनिज क्लब हिमालय र किवानिज क्लब बागमतीले ३०० थान चस्मा बितरण गरेको छ । नेपाल बुद्धिजीवि परिषद स्वास्थ्य विभागका संयोजक एवं किष्ट मेडिकल कलेजका प्रमुख प्रशासकिय अधिकृत डा.अक्षय प्रसाद गौतमका अनुसार लुभु प्राथमिक स्वास्थय केन्द्रमा निशुल्क दन्त तथा आँखा शिविरका अवसरमा उक्त सहयोग हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै डा. गौतमले भन्नुभयो, ‘बुद्धिजीवि परिषद बौद्धिक संगठनको सञ्जाल भएकाले यसको कामलाई देशव्यापी बनाउने अभियानमा हामी लागेका छौ । ’ अस्पतालले देशका विभिन्न स्थानमा गएर निःशुल्क स्वास्थ्योपचार गर्ने, जनचेतनामूलक काम गर्ने विषयमा केन्द्रित भएको छ, आउँदा दिनमा चेपाङ बस्ती, राउटे बस्तीलगायत पिछडिएको बस्ती र दुर्गम बस्तीमा सेवा दिनेबारे छलफल गरिरहेका छौ ।

    निःशुल्क आधारभूत स्वास्थ्य सेवा कसरी प्रवाह गर्ने भन्ने प्रस्ट आधार तयार गरेर नीति निर्माण गर्न सरकारलाई सुझाव दिने डा. गौतमले बताउनुभयो उहाँले भन्नुभयो, ‘स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने विषयलाई प्राथमिकता दिनुपर्छ। जनतालाई स्वास्थ्य परीक्षण, निःशुल्क आधारभूत स्वास्थ्य सेवा, जटिल रोगको निःशुल्क उपचार, बिमा, स्वास्थ्य पूर्वाधार र जनशक्तिको समष्टिगत व्यवस्था कसरी गर्ने भन्ने बारेमा धारणा बनाएर अघि बढ्नुपर्छ। कार्यान्वयनको लागि जोड दिनुपर्छ। ’गौतमले आँखा शिविर सन्चालनमा संयोजनकारी भूमिका निर्वाह गर्नुहुने युवराज न्यौपाने र शिव वहादुर काफलेलाई बिशेष धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा किवानिज नेपालका प्रमुख लक्ष्मण लम्साल लगायत अन्य किवनिज अभियन्ताहरुको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs