हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार चापागाईँलाई

  • कालिका खवर
  • आइतवार, माघ २२, २०७९
  • प्रेस चौतारी नेपालद्वारा स्थापित हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समिति (रासस) का पूर्व अध्यक्ष डा बालकृष्ण चापागाईँलाई प्रदान गरिएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज २५औँ प्रेस चौतारी दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।

    यस्तै अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार कृष्ण केसी (लमजुङ), वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार लक्ष्मी साह (बारा), सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार लीलाराज भट्टराई (सुनसरी) र चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार ममता भट्ट ( डडेलधुरा)लाई प्रदान गरिएको छ ।

    प्रेस चौतारीले आफ्ना अग्रजको सम्मान तथा क्रियाशील पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी रघु मैनालीको संयोजकत्वमा सङ्गठनका उपाध्यक्ष देवीका घर्ती मगर र महासचिव हीरामान लामा सदस्य रहेको छनोट समितिले पुरस्कृतको नाम चयन गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs