दुर्घटनामा बालिकाको मृत्यु

  • कालिका खवर
  • आइतवार, माघ २२, २०७९
  • महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैया गाउँमा आज जीपले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय चार वर्षीया अंशुकुमारी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिनुभयो ।

    लोहारपट्टीबाट जनकपुरतर्फ जाँदै गरेको बा १२ च ५९२४ नम्बरको जीपले घर अगाडि सडक पार गर्ने क्रममा सहनीलाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs