काङ्ग्रेस सरकारमा जाँदैनः नेता कोइराला

  • कालिका खवर
  • सोमवार, माघ २३, २०७९
  • नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताउनुभएको छ । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि काङ्ग्रेस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पार्नुभएको हो ।

    आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ ।” राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उहाँको भनाइ छ । राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उहाँको भनाइ छ । फरक प्रसङ्गमा बोल्दै उहाँले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र पूर्ण नहुने बताउनुभयो । लोकतन्त्र बिना विकास सम्भव नहुने भन्दै उहाँले प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्वपूर्ण भएको बताउनुभयो ।

    “आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन, राजनीतिमा सहनशिलता चाहिन्छ”, उहाँले भन्नुभयो, “सञ्चारमध्यामको काम खबरदारी गर्ने हो, अन्यथा मान्नु हुँदैन ।”

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs