
शरीर लचिलो : कतै खस्ने, लड्ने जस्ता दुर्घटना र चोटपटकका कारण हाम्रो शरीर लगातार विकसित भैरहेको छ । स्नायुवैज्ञानिक डिन बर्नेटका अनुसार भविष्यमा हाम्रो शरीर धेरै लचिलो हुनेछ । यस्ता दुर्घटनाहरूबाट शरीरलाई हानी कम हुनेछ । जसरी शार्क माछाको शरीरमा कार्टिलेज भनिने कुरकुरे हड्डी लगातार बढिरहेको छ, त्यसैगरि भविष्यमा हाम्रो शरीरमा पनि यस्तै हुनेछ । हाम्रो शरीरका हड्डीहरु धेरै लचिलो तथा मजबूत हुनेछन् । साथै धेरै कार्टिलेजका कारण शरीरमा चोटपटक पनि कम लाग्नेछ ।
ठुँडजस्तै दाँत हुनेछ : शेफिल्ड विश्वविद्यालयका जिव वैज्ञानिक ग्यारेथ फ्रेजरले यस्तो विचित्र अनुमान गरेका छन् । उनका अनुसार भविष्यमा मानिसका सप्पै दाँत एकै खालका हुनेछन् र अहिलेको जस्तो फरक-फरक दाँत हुनेछैनन् । भविष्यमा मानिसको मुख पफर माछाको जस्तो चुच्चो हुनसक्दछ । हाम्रो खानपानका कारण मुखको आकारमा परिवर्तन आउनेछ र त्यो समयमा त्यस्तै चुच्चो मुख मजबूत र व्यवहारिक हुनेछ ।