चलचित्र विकास बोर्डले गर्‍यो, रामेश ढकाललाई सम्मान

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन २, २०७९
  • दुबई- चलचित्र विकास बोर्डले आयोजना गरेको नेपाल फिल्म महोत्सवमा मध्यपूर्वमा नेपाली चलचित्र प्रबर्द्धनमा महत्वपूर्ण योगदान गरेको भन्दै निप फिलिमका प्रोपाइटर रामेश ढकाललाई सम्मान गरेको छ |

    युएईमा रहेर नेपाली चलचित्रको व्यवस्थापन गर्दै आएका रमेश ढकालले नेपाली चलचित्रको बजारलाई युएइमा बसेर युएई, कतार, बहराईन र ओमनका सबै सहरहरुमा विस्तार गर्दै नियमित नेपाली चलचित्र पर्दशनी गरिरहेका एक मनोरञ्जनप्रेमी युवा हुन |

    नेपाल सिनेमा फेस्ट यूएईको आर्थिक सहर दुबईमा गत फेब्रुअरी १२ गते देखि भैरहेको छ । व्यवसायिक रुपमा धेरै कमाइ गर्ने फिल्म ‘कबड्डी ४’ प्रदर्शन गर्दै सुरु भएको नेपाल सिनेमा फेस्ट उद्घाटन समारोहमा नेपाली प्रदर्शक, निर्माता, कलाकार, सञ्चारकर्मी, गैरआवासीय नेपालीहरु सहभागी रहेको थियो ।

    नेपाल सिनेमा फेस्टको प्रचारप्रसारले झकिझकाउ पारिएको मल्टिप्लेक्समा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, कलाकार अनमोल केसी, उपासना सिंह ठकुरी, शिव श्रेष्ठ, निर्देशक भूषण दाहाल, रामबाबु गुरुङदेखि दुबईस्थित व्यवसायी र एनआरएनए प्रतिनिधिहरु उपस्थित रहेका छन ।

    बोर्ड अध्यक्ष भुवन केसीले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्ने ढोका दुबईबाट खुला भएको बताएछ यसमा अगाडी देखिने रमेश ढकाल जीले ब्याक्तिगत रुपमा गर्नु भएको योगदानलाई हामि सरहना गर्दछौ । ‘दुबई नेपालपछि नेपाली फिल्मको दोस्रो ठूलो बजार बन्न सक्ने देखिएको छ भन्दै अध्यक्ष केसीले युएईमा रहेका सम्पूर्ण दर्शक तथा सामाजिक संघसंस्थालाई धन्यवाद दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs