सुदूरपश्चिम प्रदेश सरकार पाँचवर्ष टिक्छ : मुख्यमन्त्री शाह

  • कालिका खवर
  • सोमवार, फाल्गुन ८, २०७९
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकारले विश्वासको मत पाएर पाँच वर्ष चल्ने बताउनुभएको छ ।

    सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले विभिन्न प्रकारका अफवाह फैलाउने काम भइरहेको छ भन्नुभयो । “सबैसँग सहकार्य गरेर खुल्ला छलफल भइरहेको छ ।

    चाँडै नै हामी टुङगोमा पुग्छौ”, प्रदेश मध्यावधि निर्वाचनमा नजाने बताउनुहँुदै उहाँले संविधानले दिएको जिम्मेवारी पूरा हुने प्रष्ट पार्नुभयो । उहाँले जनताको भावनाअनुसार नै आफू नेतृत्वको सरकार अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

    सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्को पहिलो बैठकबाट भ्रष्टाचार नियन्त्रणका लागि प्रादेशिक कार्य तर्जुमा समिति गठन गरी काम अघि बढिरहेको उहाँको भनाइ छ । उहाँले प्रदेशको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी सिर्जनामा सरकार केन्द्रित रहने बताउनुभयो ।

    मुख्यमन्त्री शाह पुस २६ गते सो पदमा नियुक्त हुनुभएको थियो । उहाँले अहिलेसम्म विश्वासको मत लिनुभएको छैन । कूल ५३ प्रदेशसभा सदस्य रहेको सुदूर पश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारुढ पक्षसँग अहिले २३ सांसद छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs