‘छक्कापञ्जा ४’ मध्यपूर्वका देशमा मार्च ८ देखि पर्दामा

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन २३, २०७९
  • काठमाडौं । घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको फिल्म ‘छक्कापञ्जा ४’ मध्यपूर्वका देशम भोलि देखि लाग्ने भएको छ |
    मध्यपूर्वका ५० भन्दा बढी पर्दामा रिलिज हुने ‘छक्कापञ्जा ४’ त्यहाँको वितरण कम्पनी नेपफिल्म्सले फिल्मलाई यूएई, कतार, ओमान, बहराइन र कुवेतमा रिलिज गर्ने भएको हो । साउदी अरेबियामा भने प्रदर्शन मिति तय भइनसकेको वितरक रमेश ढकाले जनाएका छन ।

    मध्यपूर्वमा नेपाली फिल्मको वितरण गर्दै आएका रमेश ढकालले सम्बन्धित मुलुकको प्रक्रिया अनुसार फिल्म वितरण गरिरहेको बताउदै चलचित्र छक्का पन्जा ४ पर्दशनी हुने भएकोले प्रचारप्रसारलाई तिब्र बनाइएको बताएका छ्न । ढकालले अहिले डिजीटल माध्यामलाई प्रयोग गर्दै सामाजिक सञ्जालका पृष्ठमा र बिभिन्न समूह बनाएर नेपालीहरु धेरै बस्ने स्थान, क्याम्प तथा नेपालीहरुले संचालन गरिएको रेस्टुरेन्ट ट्रावल लगाएत ठाउँमा स्थलगत पुगेर पोस्टर ब्यानर बनाएर प्रचारप्रसार गरिरहेका छन ।

    रोजगारीको सिलसिलामा मध्यपूर्वमा रहेका नेपाली चलचित्र प्रेमीलाई लक्षित गर्दै मध्यपूर्वका देशका मुख्य-मुख्य शहरका बिभिन्न पाच दर्जन पर्दामा नेपाली कथानक चलचित्र ‘छक्का पन्जा ४ ’ एकैसाथ भोलि देखि प्रदर्शन हुने भएको हो । मध्यपुर्बका देशमा अनुमानित २० लाख भन्दा धेरै नेपालि रहेका छन ।

    गैरआवासीय नेपाली सोसल क्लब (एनसीसी) ओमान लगायत बिभिन्न देशका रहेका एनआरएनले चलचित्र प्रवर्द्धनमा सहयोग गर्ने भएको हो । ‘छक्कापञ्जा ४’ नेपालमा भने फागुन १९ गते देखि अपार भीडका साथ प्रदर्शन भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs