मैवाखोलामा गाउँमै गर्भवतीको स्वास्थ्य जाँच

  • कालिका खवर
  • बुधबार, फाल्गुन २४, २०७९
  • ताप्लेजुङको मैवाखोला गाउँपालिकाले भिडियो एक्स–रे मार्फत गाउँमै गर्भवतीको स्वास्थ्य जाँचको व्यवस्था गरेको छ । गर्भवती र गर्भमा रहेको शिशुको अवस्थाबारे जानकारी दिन गाउँपालिकाले उक्त सेवा सञ्चालन गरेको हो ।

    गाउँपालिकाभित्रका सबै गर्भवतीको स्वास्थ्य जाँच गर्न समय तालिका बनाएर विभिन्न स्वास्थ्यचौकीमार्फत सेवा दिइरहेको गाउँपालिकाका अध्यक्ष विजय किराँतले जानकारी दिनुभयो । प्रत्येक महिनाको ८, १६ र २४ गते गर्भवतीको जाँच गर्ने तालिका बनाएर सेवा दिन थालिएको छ ।

    हरेक महिनाको ८ गते मैवाखोला–३ र ४ का गर्भवतीले साँघु स्वास्थ्यचौकीबाट सेवा पाउने छन् भने १६ गते वडा नम्बर ५ र ६ का गर्भवतीले फाकुम्बा स्वास्थ्यचौकीबाट सेवा पाउने छन् । यस्तै हरेक महिनाको २४ गते वडा नम्बर १ र २ का गर्भवतीले ढुङ्गेसाँघु प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा लिन सक्ने स्वास्थ्य शाखा प्रमुख फुर्वा शेर्पाले जानकारी दिनुभयो ।

    तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा उक्त सेवा प्रदान गरिँदै छ । गाउँमै निःशुल्क सेवा पाउन थालेपछि स्थानीयलाई सहज भएको छ । यसअघि उक्त सेवाका लागि यहाँका गर्भवती सदरमुकाम फुङलिङ धाउनुपर्ने बाध्यता थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs