
काठमाडौं । आसन्न चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि त्रिविको कार्यतालिका अनुसा आज फाल्गुन २७ गते त्रिभुवन विश्वविद्यालय मतहातका क्याम्पसहरुमा उमेदवारी दर्ता कार्य सम्पन भएको छ । पब्लिक युथ क्यामपसमा पहिलो नम्बरमा अनेरास्ववियुले उमेदवार दिएको छ ।
पब्लिक युथ क्याम्पसमा अनेरास्ववियुले क्याम्पस कमिटी अध्यक्ष लक्ष्मण दुलाललाई अध्यक्षमा मनोनयन गराएको छ । त्यस्तै सचिवमा निराजन शाही र कोसाध्यक्षमा प्रेम पनेरुले उम्मेद्बारी दिएका छ्न । त्यस्तै सदस्यहरुमा सुनिल थापा , अनूप नेपाल , सुनिल भट्टराई, नेरश भण्डारी आदित्य, जुद्ध बहादर विक, अमन ढकाल, लक्ष्मी घिमीरे र आशुतोष कुवरले मनोनयन दिएका हुन ।