ग्लोबल आइएमई लघुबित्तमा करोडौको घोटाला

  • कालिका खवर
  • आइतवार, फाल्गुन २८, २०७९
  • ग्लोबल आईएमई लघुबित्त बित्तिय सँस्था लि. को बिभिन्न शाखा कार्यालयहरुमा चरम आर्थिक हिनामीना भएको गोप्य सुचानाबाट खुल्न आएको छ। यस बित्तीय सँस्थाको शाखा कार्यालय धारापानी मनाड.,सेमरी नवलपरासी र सामरी नुवाकोट शाखामा करोडौ हिनामिना तथा आर्थिक घोटाला भएको पाइएको छ ।

    शाखा कार्यालय धारापानीका तत्कालीन शाखा प्रमुखले लगभग ६० लाख भन्दा धेरै आर्थिक अपचलन गरेको देखीन्छ भने शाखा कार्यालय सेमरी नवलपरासीको तत्कालीन शाखा प्रमुख र अनुगमन अधिकृत कै सँग्लघनतामा १ करोड भन्दा धेरै र शाखा कार्यालय सामरी नुवाकोटमा पनी ३० लाख भन्दा धेरैको अर्थिक हिनामीना तथा घोटला गरेको पाइएको छ । तर हाल सम्ममा कुनै पनि कर्मचारीलाई कार्बाही भएको भने देखीएको छैन ।

    प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशिलाई हामिले फोन गर्दा  जोशीले सेमरी शाखामा  घोटला भएको तर अन्य शाखामा त्यस्तो नभएको बताए ।

    ग्लोबल आइएमई लघुबित्तमा  आर्थिक अपचलन तथा हिनामिना समय समयमा हुदै आए पनी सँस्थाका निकटतम कर्मचारीले बिना कुनै कार्बाही उनमुक्ती पाउदै आएका छन । झन कार्बाहीको सट्टा प्रमोसन पाउदै गएका छन । यस किसीमको आर्थिक अपचलन हुदाँ पनि  नियामक निकाय मुखदर्शक भएको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs