प्रतितोला रू छ सयले बढ्यो सुनको मूल्य

  • कालिका खवर
  • सोमवार, फाल्गुन २९, २०७९
  • सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रू छ सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख तीन हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख चार हजार एक सय तोकिएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख तीन हजार छ सय छ ।

    यसको मूल्य अघिल्लो दिनको मूल्य रू एक लाख तीन हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू १० वृद्धि भई रू एक हजार दुई सय ५५ पुगेको महासङ्घले जनाएको छ ।

    महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs