भारतमा सेनाको हेलिकोप्टर दुर्घटना, खोजी अभियान जारी

  • कालिका खवर
  • बिहिबार, चैत्र २, २०७९
  • भारतीय सेनाको हेलिकप्टर अरुणाचल प्रदेशमा बिहीबार दुर्घटना भएको छ । समाचार एजेन्सी एएनआईले सेना स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

    स्रोतका अनुसार हेलिकप्टर मण्डला हिल्स क्षेत्रमा दुर्घटना भएको हो । होलिकोप्टरमा  लेफ्टिनेन्ट कर्णेल र मेजर स्तरका अधिकारी सवार थिए । खोजी अभियान चलिरहेको छ ।

    हेलिकप्टर बोमदियालबाट उडेको सेनाले जनाएको छ । बिहान करिब साढे ९ बजे हेलिकप्टरको एयर ट्राफिक कन्ट्रोल (एटीसी) सँग सम्पर्क टुटेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs