राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्नेछु : यादव

  • कालिका खवर
  • शुक्रबार, चैत्र ३, २०७९
  • उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै नेपाललाई समृद्ध मुलुकका रुपमा विकास गर्ने बताउनुभएको छ । आफू उपराष्ट्रपतिमा निर्वाचित हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “संविधानको पालना, रक्षा र राष्ट्रिय एकतालाई प्रवर्द्धन मेरो प्राथमिकता हुनेछ ।

    ” नेपाललाई क्षमतामूलक समृद्ध मुलुकका रुपमा विकास गर्न आफूले भूमिका निर्वाहमा उहाँले जोड दिनुभयाे । यादवले उपराष्ट्रपतिमा आफू निर्वाचित भए राष्ट्रपतिको सहयोगीका रुपमा भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो । उहाँले संविधानमा भएको व्यवस्थाअनुसार इमान्दारिताका साथ जनताको हितमा काम गर्ने भनाइ व्यक्त गर्नुभयो ।

    उपराष्ट्रपति निर्वाचनका लागि विहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुनेछ । उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टीका उम्मेदवार यादवलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चालगायतले समर्थन गरेका छन् भने जनमत पार्टीकी ममता झालाई लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले साथ दिएका छन् । नेकपा (एमाले) तर्फका उम्मेदवार अष्टलक्ष्मी शाक्य हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs