दलालले पठाएकी कलगर्ल आफ्नै श्रीमती परेपछि यस्तोसम्म भयो।

  • कालिका खवर
  • शनिबार, चैत्र ४, २०७९
  • कहिलेकाहीँ श्रीमान–श्रीमतीको अगाडि यतो परिस्थिति आउँछ कि दुवैले केही गर्न सक्दैनन् । दुवैले एक अर्कालाई धोका दिएर बाहिर सम्बन्ध बनाएको अवस्थामा निकै संकट पर्न सक्छ । यस्तै एउटा घटना भारतको उत्तराखण्डको काशीपुरमा भएको छ ।

    आजतकका अनुसार यहाँ एक व्यक्तिले कलगर्ल बोलाएका थिए । जब उनले बोलाएकी कल गर्ल उनको अगाडि पुगिन् युवतीको होसहवास उड्यो । ती कलगर्ल उनकै श्रीमती थिइन् । खासमा ती श्रीमानले ह्वाट्सएपमार्फत एक दलालसँग सम्पर्क गरेर कलगर्ल पठाउन भनेका थिए ।

    दलालले पठाएकी कलगर्ल आफ्नै श्रीमती परेपछि श्रीमान श्रीमतीबीच ठूलै विवाद र हातपात समेत भयो । दुवैले एक अर्काविरुद्ध पुलिसमा उजुरी गरेका छन् । केही वर्ष पहिले दिनेशपुरका युवकको बिहे काशीपुरको आइटिआइ क्षेत्रमा बस्ने युवतीसँग भएको थियो ।

    तर, बिहेपछि नै श्रीमती श्रीमानसँग नबसेर माइतीमा बस्न थालेकी थिइन् । उनको धेरै समय माइतीमै बित्थ्यो, घरमा निकै कम समय बस्थिन् । एक दिन ती युवतीकी एउटी साथीले उनका श्रीमानलाई उनकी श्रीमतीले कलगर्लको काम गर्ने गरेको बताइदिइन् ।

    आफूहरुबीच झगडा परेको रिसमा उनले साथीका श्रीमानका अगाडि पोल खोलिदिएकी थिइन् । त्यसपछि श्रीमानले श्यामपुरमकी एक महिला दलालसँग ह्वाट्सएपमा सम्पर्क गरेर कलगर्ल पठाउन भने । दलालले केही फोटो बताएर युवती रोज्न भनिन् । युवकले आफ्नी श्रमितीको फोटो रोजे ।

    महिला दलालको नम्बर उनलाई श्रीमतीकी साथीले नै दिएकी थिइन् । त्यसपछि जब कलगर्लको रुपमा उनकै श्रीमती उनको अगाडि आइन्, उनीहरुबीच ठूलो लडाइँ भयो । अहिले श्रीमतीले आफ्ना श्रीमानको आफ्नी साथीसँग सम्बन्ध भएको आरोप लगाउँदै उजुरी गरेकी छिन् भने श्रीमानले श्रीमतीको यौनधन्दाको विषयलाई लिएर उजुरी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs