गैरआवासीय नेपाली सोसल क्लब ओमान को सातौ महाधिवेशन सम्पन्न

  • कालिका खवर
  • शनिबार, चैत्र ४, २०७९
  • गैरआवासीय नेपाली सोसल क्लब ओमान को सातौ महाधिवेशन १७ मार्च २०२३ मस्कट ओमानमा एक कार्यक्रम गरि सम्पन्न भएको छ ।

    कार्यक्रममा गैरआवासीय नेपाली सोसल क्लबका गत २ बर्षका गतिविधीहरुका बारेमा अध्यक्ष बिकल झाले कार्यपत्र प्रस्तुत गर्दै मानविय सहयोग, ओमान गरिएका परोपकारी कार्यहरु, नेपालमा गरिएका परोपकारी कार्यहरु, संस्कृति जर्गेना, खेलकुद तथा जनचेतनात्मक कार्यक्रमहरु भएको कार्यपत्र अध्यक्ष झाले प्रस्तुत गरेका थिए । एनआरएन ओमानको संयोजनमा कोभिडको महामारीमा नेपाली राजदुतावास मस्कट तथा मध्यपुर्वका एन.आर.एन हरुको सहयोगमा ५६० सिलिन्डर नेपालमा पठाईएको कार्यपत्रमा बताइएको थियो | ओमानमा बिदेशमा काम संगै अन्य अर्थोपाजनका उपाएहरुबारे जानकारी गराउने उदेश्यले संचालित कार्यक्रमहरु, ओमानका बिभिन्न क्षेत्रमा आयोजना गरिएका निशूल्क स्वास्थ परिक्षण तथा परामर्शहरु अध्यक्ष झाले प्रस्तुत गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष सुसन श्रेष्ठले कोष बिवरण प्रस्तुत गरेका थिए ।

    गाला स्थित एन.बि.ओ बैकको हलमा आयोजत महाधिवेशनले २३ सदस्यिय कार्यसमिति चयन गरेको छ । महाधिवेशनले अध्यक्षमा बिकल झा, उपाध्क्षहरुमा सुरेष खड्का, रबिन शिल्पकार, टिका प्रसाद दाहाल र महिला उपाध्यक्षमा पुजा बस्नेत चयन भएका छन् ।महासचिवमा सुसन श्रेष्ठ, सचिवहरुमा कमल अर्याल, लक्ष्मी प्रसाद कोईराला, कोषाध्यक्षमा कृष्ण पाण्डे, सहकोषाध्यक्षमा महेन्द्र तिवारी, प्रबक्तामा बिनोद दास, युवा संयोजकमा सुरज चित्रकार र महिला संयोजकमा गरिमा सुवेदी र सदस्यहरुमा बसन्त नेपाली, सुवास काफ्ले, बिवेक ज्ञावली, केशव के.शी, काशी राम सुनार, कुल प्रसाख गेलाल, डिसुजा खनाल, रिना पुर्जा पुन, दिलिप पाण्डे र मिरा नेपाली सर्वसम्मत निर्वाचित भएको गैरआवासीय नेपाली सोसल क्लब ओमानको संरक्षक दिपक श्रेष्टले जानकारी दिनु भयो |नेपाली सोसल क्लब ओमान दिपक श्रेष्ठको अध्यक्षतामा २०१७ मा दर्ता भएको थियो |

    कार्यक्रमको दोश्रो चरणमा नयाँ कार्यसमिति चयन भएको घोषणा भएपछि नवनिर्वाचित अध्यक्ष बिकल झाले ११ बुदे घोषणापत्र प्रस्तुत गर्नुभएको थियो जसमा यो कार्यकालको महत्वकांछी कार्यमा ओमानमा नेपाल फेस्टिभल आयोजना गर्ने रहेको छ । अध्यक्ष झाले नेपाली उत्पादनहरुलाई ओमानमा भित्र्याउन तथा ओमानी नागरिक तथा ओमान बसोबास गरिरहेका अन्य देशका नागरिकहरुलाई नेपाल घुम्न जाने प्रेरणा दिन सकिने भनाई रहेको थियो, त्यसैगरि बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन हर सम्भव प्रयास गर्ने, एन.आर.एन.एस.सीको स्थायी भवन स्थापित गर्न पहल गरिने, ओमानमा नेपाली बालबालिकाहरुलाई नेपाली भाषा तथा नेपाली संस्कृति सम्वन्धि ज्ञान उदेश्यले मासिक कम्तिमा १ कक्षा संचालन गरिने, आर्थिक सहयोगको लागि च्यारिटि डिनर आयोजना गरिने, सदस्यहरुको लागि बिभिन्न स्थानमा छुटको व्यावस्थाको लागि पहल गर्ने, आई.सि.सिका परियोजनाहरुलाई पुर्ण सर्मथन गर्ने, ज्ञान साझेदारी लगाएतका रहेका छन् ।

    महाधिवेशनमा नेपाली राजदुतावास ओमानमा राजदुत डोरनाथ अर्याल प्रमुख अतिथि तथा बिषेश अतिथिहरुमा एन.आर.एन आई.सि.सि का उपाध्यक्षहरु डि.बि छेत्री, आर.के शर्मा, नरेन्द्र भाट, युवा उपाध्यक्ष राज रेग्मी, सचिव प्रबिण गुरुङ्ग, मध्यपुर्व संयोजक मनोज गोर्खाली, एन.आर.एन. युएई का उपाध्यक्ष बिकाश शाही, एन.आर.एन केन्या का आई.सि.सि सदस्य टिका धिताल, एन.बि.ओ बैकका प्रतिनिधिहरु, एन.आर.एन.ए अभियान्ता शनी ओली र राजु सैयद उपस्थित भएका थिए । त्यस्तै अथितिहरुमा ओमानमा रहेका नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु रहेका थिए र अतिथि पत्रकारमा जनसवाल दैनिकका सम्पादक रामजी बगाले रहेका थिए । एन.आर.एन आई.सि.सि बाट उपस्थित अतिथिहरुलाई कार्यक्रममा शुभकामना मन्तव्यको लागि समय प्रदान गरिएको थियो ।
    कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि महामहिम राजदुत डोरनाथ अर्यालले ८ महिने ओमान बसाईमा एन.आर.एन संग सहकार्य गरेर धेरै कार्यहरु गरेको बताएका छन् साथै ओमानमा रहेका संघसंस्थाहरुको आपसी सहिष्गुणता पनि निकै राम्रो भएको र भबिष्यमा पनि एन.आर.एन सोसल क्लब संग सहकार्य गरि आपसी सहयोगमा नेपाल र नेपालीको हितका लागि कार्यहरु गर्ने जानकारी दिएका छन् साथै नवनिर्वाचित कार्यसमितिलाई शुभकामना तथा सफल कार्यकालको कामना गरेका छन् ।
    कार्यक्रमलाई मनोरोञ्जनात्मक बनाउन बिचबिचमा नेपाली पञ्चेबाजा लगाएत बिभिन्न सामुहिक नृत्य तथा एकल गित गाएन हरु प्रस्तुत गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs